FAQs Complain Problems

रिब्दीकोट गाउँपालिका को संक्षिप्त परिचय

रिब्दीकोट गाउँपालीका पाल्पा जिल्लामा अवस्थित छ । नेपाल सरकारले संविधानको भावना र मर्मअनुरसार तोकिएका अधिकार र दायित्वलाई पुरा गर्ने हेतुले viable, sustainable and competent सरकारका रुपमा र केन्द्र सरकारको विकल्प नभै सहअस्तित्व सहसम्बन्धका आधारमा प्रतिस्पर्धाको भावना र जनताको नजिकको सरकारको रुपमा विकास गर्ने मनसायले अधिकार, स्रोत सहित ७४४ स्थानिय तहका रुपमा परिस्करण गर्ने सिलसिलामा साविकका ८ वटा गाउँ विकास समिती ख्याहा, देउराली, खस्यौली, भैरवस्थान, कुसुमखोला, पालुङमैनादी, ठिमुरे र फेक गाविसलाई मिलाएर दिगो एकाईका रुपमा विकास गर्ने गरी रिब्दीकोट गाउँपालिका गठन भएको हामी सबैको ठहर छ । रिब्दीकोट गाउँपालिकाको कुल जनसंख्या १८,७७० रहेको छ । यसको क्षेत्रफल १२४.५५ वर्ग किलोमिटर रहेको छ । यसको सिमाना पुर्वमा तानसेन नगरपालिका, पश्चिममा रैनादेवी छहरा गाउँपालिका, उत्तरमा तानसेन नगरपालिका र गुल्मी जिल्ला तथा दक्षिणमा तिनाउ गाउँपालिका रहेका छन् ।

औसत पारिवारिक आम्दानीमा कृषि व्यवसायको ठूलो हिस्सा रहेको छ र स्थानिय बासिन्दाको आम्दानीको मुख्य स्रोतको रुपमा वैदेशिक रोजगारी पनि एक हो । स्थानिय जनशक्ति मजदुरी र अध्ययनका लागी विदेशिने र बसाईसराई गर्ने क्रम अत्यधिक बढीरहेको छ । यस गाउँपालिकामा आधारभुत देखि माध्यामिक तहसम्म शिक्षा प्रदान गर्ने शैक्षिक संस्था उल्लेख्य रहेका छन् । यस गाउँपालिकामा २७ प्रा.वि., ६ मा.वि. र ६ उच्च मा.वि., ३ वटा क्याम्पस रहेका छन् । अधिकाशं घरमा विद्युतीकरण भएको भएतापनि केही सिमान्तकृत वर्गमा रहेका नागरिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन् । स्थानिय निकायमा जनप्रतिनिधिको अभाव, योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस गाउँपालिका क्षेत्रमा अपेक्षित विकास हुन सकिरहेको देखिदैन । विभीन्न समुदाय, जातजातिका मानिसको बसोबास रहेको यस गाउँपालिकामा विभीन्न चाडपर्व तथा जात्रा मनाउने गरिन्छ । तिज, दशै, तिहार, माघेसक्रान्ति, कृष्णजन्माष्टमी, बुद्धजयन्ती आदि यहाँका चाडपर्व आफ्नो धर्मअनुसार मनाउने गरेको पाईन्छ । साथै यहाँको सराय नाच, फागु नाच, लाखे नाच,झ्याउरे, देउसी भैलो र ठुलो नाच आदिले गर्दा सास्कृतिक रुपमा समृद्ध समाज निर्माणमा उल्लेख्य योगदान पु¥याएको मान्न सकिन्छ ।