FAQs Complain Problems

सूचना

रिब्दीकोट गाउँपालिकाको सातौं गाउँ सभाबाट पारित मुख्य कार्यक्रमहरु |

कृषि र पशुपालनमा प्रोत्साहनको लागि कृषि ऋण र ब्याज सहुलियतमा उपलब्ध गराउने |

कृषकको लागि लगानी सुनिश्चितता गर्न गाउँपालिकाको अनुदानमा अनिवार्य बाली र पशु धन बिमा |

 कृषिमा यान्त्रिकीकरण तथा आधुनिकिकरण गरी कृषि ब्यवसायिकतामा जोड दिने |

 COVID-19 को रोकथाम, नियन्त्रण र उपचार एवं भविष्यमा आउन सक्ने महामारी र त्यसबाट सिर्जित समस्यालाई समधान गर्न आवश्यक औषधि तथा उपकरणको ब्यबस्था गर्ने |

पालुंग स्वास्थ्य चौकीमा Lab स्थापना गर्ने |

 विदेशबाट फर्किएका युवा जनशक्तिको शिप पहिचान गरी शिप अनुसारको रोजगार सिर्जना गरी उद्यमी बनाउने |

 सम्पूर्ण बिद्यालयका छात्राहरुलाई नि:शुल्क सेनेटरी प्याडको व्यवस्था गर्ने र कक्षा १ देखि ५ सम्मका विधार्थीहरुलाई दिवा खाजाको व्यवस्था गर्ने |

 सम्पूर्ण बिद्यालयमा बाल विकास केन्द्र संचालन |

 आयुर्वेद शिक्षा तथा जीवनयापनलाई सुधार गर्ने र प्रत्यक वडामा योग कार्यक्रम संचालन गर्ने |

 सबै वडामा स्वच्छ खानेपानीको सहज उपलब्धताका साथै एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिने |

 रिब्दीकोट जलेश्वर क्षेत्रमा पर्यटन पूर्वाधार विकास गरी आन्तरिक पर्यटन बृद्धि गर्ने तथा होमस्टे को विकास र विस्तार मार्फत पर्यटन प्रवर्द्धन र रोजगार सिर्जना गर्ने |

 घरको नक्सा पास गराई घर निर्माण गर्ने नीति लागु गर्ने |

दस्तावेज:
मिति: 06/25/2020 - 15:35

Pages