समाचार
सूचना
निजामती सेवा दिवस -२०७६, राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा आयोजित सरसफाई,रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न |उक्त अबसरमा
- निजामती कर्मचारी दिवसका अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा सूचना प्रविधि अधिकृत हेमेन्द्र कुँवर सम्मानित |
- १५ जना द्धारा रक्तदान,
- SEE मा A grade सहित उत्तीर्ण २२ जना लाई नगदसहित सम्मान |
- शिक्षकतर्फ आफ्नो बिषयमा उत्कृष्ट अङ्क ल्याउन सफल नारायण मा.बि.का रामबहादुर बि.क. र आधरभुत तहमा सोमहर आधारभुत बिधालयबाट जमुना ज्ञवाली सम्मानित |
- सो अवसरमा गापा परिसर र सरस्वती मा.वि. परिसरमा सरसफाइ समेत सम्पन्न |
रिब्दीकोट गाउँपालिकाको आयोजनामा रिब्दीकोट जलेश्वर क्षेत्रमा मिति २०७६/०५/११ गते चियाका ४०० वटा विरुवा रोप्ने कार्य सम्पन |
रिब्दीकोटमा व्यवसायिक तरकारी खेती तालिम सम्पन्न
भाद्र २, २०७६
रिब्दीकोट गाउँपालिकाले गाउँपालिकाका अगुवा कृषकहरुलाइ व्यवसायिक तरकारी खेती सम्बन्धी २ दिने तालिम सम्पन्न गरेको छ । गाउँपालिकाले यही भदौ १ र २ गते प्रत्येक वडाबाट ४ जनाका दरले अगुवा कृषक छनोट गरी तालिम संचालन गरेको हो । कृषकहरुलाई व्यवसायिक बनाइ कृषि उत्पादनमा वृद्धि गराउने उद्धेश्यले उक्त तालिम आयोजना गरेको हो ।
२ दिन सम्म संचालित तालिममा कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव प्रसाद अर्याल, कृषि प्रसार अधिकृत अर्जुन प्रसाद खनाल तथा गाउँपालिकाको कृषि शाखा संयोजक छोटेलाल कोहारले सहजीकरण गर्नुभएको थियो ।
उक्त तालिम समापनको अवसरमा गाउँपालिका अध्यक्ष नारायण बहादुर जि.सी.ले तालिममा सिकेका कुराहरुलाई व्यवहारिक प्रयोगमा ल्याउन सक्नु पर्नेमा जोड दिनुभयो । गाउँपालिकाले कृषि तथा पशुपालनलाई विशेष प्राथमिकता दिई विगतदेखि नै कृषिको यान्त्रिीकीकरण एवं व्यवसायिकरण गर्ने उद्धेश्यले विभिन्न कृषि औजार तथा सामाग्री वितरण गरिएको र यस आ.व.मा पनि सो कार्यलाई निरन्तरता दिइने जि.सी.ले बताउनु भयो ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले रसायनिक विषादिको प्रयोगलाई निरुत्साहित गर्दै जैविक उत्पादनमा ध्यान दिन विशेष जोड दिनु भयो । तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्न सकेमात्रै त्यसले अर्थ राख्नेमा जोड दिदैँ गाउँपालिकाले कृषि पेशालाई सम्मानित पेशाका रुपमा विकास गर्न गाउँपालिका लागि परेको बताउनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्यालले कृषकहरुलाई प्रोत्साहित गर्ने उद्धेश्यले गाउँपालिकाले उत्पादनमा आधारित अनुदानको शुरुवात गरेकोले अनुदानबाट लाभ लिन आग्रह गर्दै कृषकहरुले उत्पादन गर्ने अन्य कृषि उपजहरुमा समेत अनुदान विस्तार गर्दै लगिने बताउनु भयो ।
त्यसै गरी सहभागीका तर्फबाट रेवन्त श्रीसले यस्ता खालका तालिमहरुले कृषकहरुको सिप र क्षमता विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउदै आगामी दिनहरुमा पनि यस खालका तालिमहरु संचालन गरी कृषकहरुलाई सहभागी गराउन सकेमा व्यवसायिक उत्पादनमा अझ मद्धत पुग्ने बताउनु भएको थियो ।
रिब्दीकोट गाउँपालिकाले कृषि तथा पशुपालनमा व्यवसायिकता प्रवद्र्धन गर्ने उद्धेश्यले दुध, टमाटर लगायतमा नगद अनुदान वितरण गर्दै आईरहेको छ ।