आ.व. २०७५/०७६ को हालसम्म भएको वित्तीय,भौतिक तथा अन्य कामकारबाहीका सम्बन्धमा सार्वजनिक सुनुवाईमा पेश भएको प्रतिवेदन र सार्वजनिक सुनुवाईका सन्दर्भमा नेपाल पत्रकार महासंघ पाल्पाका प्रतिनिधि तथा सार्वजनिक सुनुवाईका सहजकर्ता पत्रकार मुक्ति न्यौपाने(नागरिक दैनिक ) र यज्ञमुक्ति निमिल्सिना(पाल्पा समाचार पत्रका पत्रकार )हरुबाट Peoples Creation Pvt.Ltd मार्फत सेवा प्रवाह,विकास निर्माणका सन्तुष्टि मापन वहिर्गमन अभिमत प्रतिवेदन (Exit Poll report)|
समाचार
सूचना
मिति २०७५ साल माघ २३ गतेका दिन रिब्दीकोट गाउँपालिकाका अध्यक्ष श्री नारायण बहादुर जि.सी., उपाध्यक्ष श्री लक्ष्मी खनाल, प्रमुख प्रशासकीय अधिकृत श्री अनिल पौडेल, शिक्षा अधिकृत श्री बिष्नु बेल्बासे, सब ओभर सियर श्री उक बहादुर बगाले एवं स्थानिय जनप्रतिनिधिहरुको संयुक्त टोलीद्धरा बिद्यालय,स्वास्थ्य चौकी तथा सडक अनुगमन ।
रिब्दीकोट गाउँपालिकाको सबै भन्दा दुर्गम स्थान ताल्तुंग पेलाचौरमा सामुदायिक स्वास्थ्य इकाईको स्थापना कार्यक्रम | स्वास्थ्य संस्थाको पहुचबाट टाढा भएको यस स्थान अब स्वास्थ्य इकाईको स्थापना भएकोले धेरै जनमानसमा हर्षोल्लासको अनुभुती भएको छ |
बढ्दो प्रविधिको विकाससंगै सम्पूर्ण सेवाग्राहीमा सूचना प्रवाह गर्नु हामी सबैको दायित्व हो |यहाँहरूले रिब्दीकोट गाउँपालिकाबाट हुने सम्पूर्ण क्रियाकलापहरूको अद्याबधिक जानकारी, सूचना, समाचार हेर्न र पढ्नका साथसाथै गाउँपालिकाले जनताका लागि उपलब्ध गराउने सबै सेवाहरू बारे बिस्तृत जानकारी, गाउँपालिकाभरका सबै वडा कार्यालय र निर्वाचित जनप्रतिनिधिहरूको फोटो र सम्पर्क सहितको विवरण, योजना र परियोजनाहरू बारे हेर्न र बुझ्न सकिने छ ।
यसैगरी यहाँहरूको केहि सुझाव तथा गुनासो भएमा समेत दर्ता गर्न सक्नुहुनेछ । Mobile App डाउनलोड गर्न र एपमा भएका सम्पूर्ण विशेषताहरु प्रयोग गर्नुहुन सम्पूर्ण सेवाग्राही तथा स्थानीय जनताहरुमा अनुरोध छ ।
-->Google Playstore मा गएर Ribdikot Rural Municipality खोजी गर्नुस वा https://play.google.com/store/apps/details… बाट सोझै गर्नुहोस ।
--> कृपया Application डाउनलोड गरी केहि सुझाब छन भने म्यासेज गर्नुहोला ।
रिब्दीकोट गाउँपालिकाको अर्धबार्षिक बुलेटिन |