११ औं गणतन्त्र दिवसको अवसरमा रिब्दीकोट गाउँपालिकाको ‘स्थानीय राजपत्र’ तथा भैरवस्थान मन्दिरको दुई रुपैयाँ मूल्यको हुलाक टिकट सार्वजनिकीकरण , भैरब स्थान मन्दिर परिसर क्षेत्रमा सप्ताहव्यापी सरसफाई अभियान ,वडास्तरीय जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न सम्पन्न भयो |
समाचार
सूचना
रिब्दीकोट गाउँपालिकाबाट मिति २०७५/०२/०१ गते देखि शुभारम्भ हुने गरि प्रति दिन प्रतिविधार्थी रू २०| का दरले दिवा खाजाको व्यवस्था तथा विधार्थीलाई अत्यावश्यक अन्य सामग्री सहयोग |
मिति २०७५/०१/२८ गते रिब्दीकोट गाउँपालिका गाउँ पालिका पशु पंक्षि समन्वय इकाईको आ .व. २०७४/०७५ को बार्षिक कार्यक्रम अनुसार पशु आहार सेवा कार्यक्रम अनुसार रिब्दीकोट गा .पा वार्ड नं.६ ठिमुरे को नारायण मा .वि . को ३ हेक्टरमा जग्गामा उन्नत घास स्टाइलो करिब २०० जना अभिभावक,विधार्थी तथा कर्मचारीहरु बाट बिउ रोपण कार्यक्रम सम्पन्न भयो | उक्त घास उत्पादन तथा बिउ बिक्रि बाट आएको आम्दानी त्यही बिधालय को कोष मा रहने छ |
रिब्दीकोट गाउँपालिका घरदैलो कार्यक्रम अन्तर्गत देउराली र बतासेमा ६१ जना व्यवसायीलाई व्यवसाय दर्ता प्रमाण पत्र वितरण गरियो |
रिब्दीकोट गाउँपालिका ५०% कृषि अनुदानमा २४ वटा हाते टेक्टर कृषक लाई वितरण गरियो |
मिति २०७५/०१/१२ गते कालिका आधारभूत विद्यालय रिब्दीकोट-१,जोगिथुममा जन सहभागितामा आधारित पूर्ण भर्ना अभियान तथा घुम्ती शिविर सम्पन |
मुख्य कार्यक्रमहरु :-
- करिब १८९ जना को स्वास्थ्य परिक्षणका साथै निशुल्क औषधि वितरण|
- बिउ वितरण |
- पशु को लागि औषधि वितरण|
- एक वर्षको लागि गाउँपालिकाले कालिका आधारभूत विद्यालयका विधार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने|
- करिब एक लाख सहयोग |