FAQs Complain Problems

सूचना

आज मिति २०७७ साल असोज २८ गते रिब्दीकोट गाउँपालिका,पालुङ्ग मैनादी औषधालयको आयोजनामा स्वस्थ जीवनशैली तथा आवुर्बेद सम्बन्धी अभिमुखीकरण कार्यक्रम रिब्दीकोट गा.पा.को सभाहलमा सम्पन्न भयो |

प्रशिक्षक:

डा.पुष्पराज पौडेल (सामाजिक विकास मन्त्रालय, आवुर्बेद विज्ञ )

डा.सभ्यता पन्थी(पाल्पा आवुर्बेद स्वास्थ्य केन्द्र प्रमुख )

डा. मदन भण्डारी(उपप्राध्यापक ,NSU)

डा. रोमहर्ष नेपाल (रिब्दीकोट गाउँपालिका,पालुङ्ग मैनादी औषधालय)

दस्तावेज:
मिति: 10/14/2020 - 15:25

"कृषिमा लगानी अभिवृद्धिको प्रयास"मिति २०७७/०६/१५ गते रिब्दीकोट गाउँपालिका र कृषि विकास बैंक लिमिटेड, पालुङ मैनादी शाखा बीच कृृषक तथा कृषि तथा पशुपालन फर्मलाई कृषि ऋण प्रवाह गर्दा ब्याजमा शत प्रतिशत अनुदान उपलब्ध गराउने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ। यस कार्यक्रममा सहभागी हुन चाहाने इच्छुक कृषि उद्यमीहरूले गाउँपालिकाले आव्हान गरेको प्रस्तावमा निवेदन दिनु पर्नेछ । यस कार्यक्रम अन्तर्गत कृषकले न्युनतम ५० हजार देखि ५ लाख सम्म र कृषि तथा पशुपालन फर्मले न्युनतम १ लाख देखि १० लाख सम्म कृषि ऋणको ब्याजमा २०७८ अषाढ मसान्तसम्म शतप्रतिशत अनुदान पाउनेछन् ।

दस्तावेज:
मिति: 10/02/2020 - 22:34

Pages

//