समाचार
सूचना
मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम अन्तर्गत गाउँपालिकाद्वारा श्री भवानी मा.बि. कुसुमखोलामा अध्ययनरत फरक क्षमता भएका विद्यार्थी बालबालिकाहरुलाइ ब्ल्याङ्केट, ट्र्याकसुट, डसना लगायत न्यानो कपडाहरु आज बितरण गरियो !!
रिब्दीकोट गाउँपालिकाको छैठौं गाउँसभा आज सम्पन्न भएको छ ! गाउँसभाले देहाय बमोजिमका मुख्य मुख्य निर्णय समेत पारित गरेको छ |
१. स्थानिय समुदायको सङ्लग्नतामा स्वरोजगारका अवसर सृजना गर्न, पर्यटनको माध्यमबाट ग्रामीण पर्यापर्यटनको बिकास, प्रवर्द्धन, व्यवस्थापन र नियमन गर्ने उद्देश्यले होम स्टे सन्चाल्नका लागि होम स्टे सन्चालन कार्यबिधी, २०७६ पारित |
२. सुन्तला र कागतीको उत्पादन एबम बिक्री बितरणमा उत्पादनका आधारमा नगद अनुदान बितरण कार्यबिधी पारित |
३. प्लास्टिकमुक्त गाउँपालिका अभियान सन्चालन गर्ने, टोलटोल, हरेक बिद्यालयहरुमा स्थानिय उत्पादनका ढाकरहरु बितरण गर्ने, प्लास्टिक जन्य फोहोर वडावडामा सङ्कलन गरि गाउँपालिकाले नै खरिद गरिदिने, र पाक्षिक रुपमा सरसफाइ अभियान सन्चालन गर्ने |
४. विभिन्न ब्यवसायिक फर्महरुलाइ प्रोत्साहन गर्न निश्चित मापदण्ड बनाइ अनुदान प्रदान गर्ने |
५. पूर्वघोषणा बमोजिम बिकास योजनाहरु समयमै सम्पन्न गर्न तदारुकताका साथ लाग्ने लगायतका महत्वपूर्ण निर्णय गरियो !!