मिति २०७४।१२।१६
रिब्दीकोट गाउँपालिकाको सम्पूर्ण गाउँवासी तथा शुभेच्छुकहरुमा अनुरोध
गाउँपालिकाले स्थानिय जनताको अधिकतम हित , कल्याण र समृद्धिका लागी गुणस्तरिय शिक्षा, स्वास्थ्य र सहकारी क्षेत्रको विकास गर्न कानुन निर्माण मार्फत नियमवद्ध वनाउन विधेयक तर्जुमा गरी सरोकारवालासंग छलफल पछि गाउँसभा मार्फत पारित गरी कार्यान्वयन गरिने गरी मस्यौदा बिधेयक तयारी गरेको छ । उक्त प्रस्तावित मस्यौदा विधेयक गाउपालिकाको Website:www.ribdikotmun.gov.np मा प्रकाशित गरिएको हुनाले आवश्यक सुझाव भए पाचँदिन (५ दिन ) भित्र गाउपालीकाको Email ribdikot.rm@gmail.com /ito.ribdikot@gmail वा टेलिफोन नं.०७५—६२००५५,०७५—६९२३०७ मा टिपाउन वा गाउपालिका अध्यक्ष ÷उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडाध्यक्ष वा वडा सचिव मार्फत लिखित रुपमा गाउपालिका मा पेश गर्नुहुन सम्पुर्ण गाउवासी तथा सुभेच्छुक मा अनुरोध गरिन्छ ।
अनुरोधक
रिव्दिकोट गाउपालिका
खस्यौली , पाल्पा