FAQs Complain Problems

सूचना

बैठकका मुख्य एजेण्डाहरु

  • कक्षा १ देखि  ९ सम्मको नतिजा यहि चैत्र २८ गते प्रकाशन गर्ने ,साथै  कक्षा ८ को Mark sheet grading  system मा तयार गर्ने |
  • गा .पा स्तरीय विधालयहरुको Calendar  प्रकाशन गर्ने |
  • गा .पा . अन्तर्गत शिक्षा एेन /नियम /कार्यबिधि निर्माण सम्बन्धमा छलफल गरी थप तयारी सहित वडा नं १ ,२,३ ,४ का विधालयमा प्र.अ . र वि.व्य.स . का अध्यक्ष समेतको उपस्थितमा मिति २०७४/१२/१२ गते खस्यौली र मिति २०७४/१२/१४ गते  वडा नं ५,६,७,८ को  भेला बतासेमा गर्ने |

 

दस्तावेज:
मिति: 03/20/2018 - 10:42

रिब्दीकोट गा.पा .  अन्तरगत व्यवसायिक कृषि फर्म दर्ताको शुभारम्भ एक समारोहको बीच कृषि शाखा ,गा .पा अध्यक्ष तथा  प्रमुख प्रशासकीय अधिकृत ज्यूबाट प्रमाण पत्र वितरण गरियो |

दस्तावेज:
मिति: 03/19/2018 - 15:17

रिब्दिकोट गाउँपालिका र महिला हक आधिकार मञ्चको आयोजनामा १०८ औं  अन्तराष्ट्रिय  नारी दिवसको अवसरमा रिब्दिकोट गाउँपालिका  विकासको  लागि महिला को भूमिका बिषयमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न गरियो| कार्यक्रमको उद्घाटन पूर्व सभासद नारायाणी शर्मा ले गर्नु भयो | महिलालाई पनि आउने दिनमा गाउँपालिकाको महत्वपूर्ण कार्यमा सहभागी गराउनु पर्ने ,उचित शिक्षा दिनुपर्ने जसले गर्दा आउने दिनमा महिलाको पनि महत्वपूर्ण भूमिका रहने ,महिलालाई घरमा मात्र सिमित गर्न नहुने ,जस्ता महत्वपूर्ण विचारहरु ब्यक्त गरिएको थियो |

दस्तावेज:
मिति: 03/09/2018 - 10:32

क्लिनिकल अपडेट एवं EOC सम्बन्धि ३ दिने कार्येक्रम  आजबाट  रिब्दिकोट गाउँपालिको भवनमा सुरु| यो कार्येक्रमा गाउँपालिका अन्तरगत  ८ जना नर्सको सहभागिता रहेको छ|

कार्येक्रमका उदेश्यहरु |

  • नेपालमा नवशिशु स्वस्थ स्थितिबारे जानकारी|
  • सामान्य पसुतिमा आवश्यक जानकारी |
  • PPH को रोकथामका तथा ब्यवस्थापनमा|
  • MGSO4 प्रयोग |
  • जन्मने बित्तिकै गरिने नवशिशु स्याहारबारे जानकारी|
दस्तावेज:
मिति: 03/04/2018 - 14:52

रिब्दिकोट गाउँपालिका शिक्षा शाखाको आयोजना मा गरिएको प्रतिभा पहिचान कार्यक्रमको केहि झलकहरु |

दस्तावेज:
मिति: 02/22/2018 - 11:28

६८ औं प्रजातन्त्र दिवस को अवसरमा रिब्दिकोट गाउँपालिकाले ज्येष्ठ नागरिक परिचय पत्र वितरणका साथै चियापानको कार्यक्रम सम्पन्न भयो | सो कार्यक्रमा २७ जना ज्येष्ठ नागरिक लाई परिचय पत्र वितरण गरियो|

दस्तावेज:
मिति: 02/20/2018 - 13:19

रिब्दिकोट गाउँपालिका भवनको तल्ला थप्ने काम को लागि सम्झौताको आज मिति २०७४/११/०२ गते गरियो | सम्झौता अनुसार २०७५/०३/२० गते भित्र सम्पन्न गर्ने  गरि सो सम्झौता गरियो | सम्झौता R & R construction company  र  रिब्दिकोट गाउँपालिका बिच भयो |  

दस्तावेज:
मिति: 02/14/2018 - 22:19

रिब्दिकोट गाउँपालिकाअन्तर्गत रहेका स्वास्थ्य सस्थाहरुमा पालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष लगायत स्वास्थ्य कर्मचारीको टीम कुसुमखोला स्वास्थ्य चौकी , पालुङ् स्वास्थ्य चौकी , फेक स्वास्थ्य चौकी , ठिमुरे स्वास्थ्य चौकी र ठिमुरे समुदायिक ईकाई को अनुगमन

दस्तावेज:
मिति: 02/09/2018 - 13:44

Pages