समाचार
सूचना
यस रिब्दीकोट गाउँपालिकामा भुकम्प पुनःनिर्माण अन्तर्गत जम्मा ६८८ लाभगा्रही मध्ये ४५ घरहरुको निर्माण कार्य भइरहेको र जसमध्ये ६०० जना लाभगा्रहीहरुले सम्झौता गरेर पहिलो किस्ता, २५ जनाले दोस्रो किस्ता र ८ जनाले तेस्रो प्राप्त गरिसकेका छन् । यस गाउँपालिका र यस गाउँपालिका अन्तर्गतका ८ वटा वडाहरुमा गुनासो व्यवस्थापन समिति गठन भइसकेको र प्रत्येक वडाहरुमा लाभगा्रहीसँग अन्तर्कि्रया कार्यक्रम सम्पन्न भइसकेको छ ।
मिति २०७४।१२।१६
रिब्दीकोट गाउँपालिकाको सम्पूर्ण गाउँवासी तथा शुभेच्छुकहरुमा अनुरोध
गाउँपालिकाले स्थानिय जनताको अधिकतम हित , कल्याण र समृद्धिका लागी गुणस्तरिय शिक्षा, स्वास्थ्य र सहकारी क्षेत्रको विकास गर्न कानुन निर्माण मार्फत नियमवद्ध वनाउन विधेयक तर्जुमा गरी सरोकारवालासंग छलफल पछि गाउँसभा मार्फत पारित गरी कार्यान्वयन गरिने गरी मस्यौदा बिधेयक तयारी गरेको छ । उक्त प्रस्तावित मस्यौदा विधेयक गाउपालिकाको Website:www.ribdikotmun.gov.np मा प्रकाशित गरिएको हुनाले आवश्यक सुझाव भए पाचँदिन (५ दिन ) भित्र गाउपालीकाको Email ribdikot.rm@gmail.com /ito.ribdikot@gmail वा टेलिफोन नं.०७५—६२००५५,०७५—६९२३०७ मा टिपाउन वा गाउपालिका अध्यक्ष ÷उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडाध्यक्ष वा वडा सचिव मार्फत लिखित रुपमा गाउपालिका मा पेश गर्नुहुन सम्पुर्ण गाउवासी तथा सुभेच्छुक मा अनुरोध गरिन्छ ।
अनुरोधक
रिव्दिकोट गाउपालिका
खस्यौली , पाल्पा
मिति २०७४ चैत १६ गते बिहिबारको दिन रिब्दीकोट गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ पाल्पाको सहजीकरणमा गाउँपालिकाले रिब्दीकोट-५ ,कुसुमखोलामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ |
शिक्षा तथा स्वास्थ्य सम्बन्धि विधेयक तर्जुमाका लागि सरोकारवालासंग रिब्दीकोट ,७ बतासेमा छलफल सुरु|
शिक्षा तथा स्वास्थ्य सम्बन्धि विधेयक(ऐन) तर्जुमाका लागि सरोकारवाला संग रिब्दीकोट -३, हार्थोक बाट छलफल सुरु|
कृषि प्रसार कार्यक्रम अन्तर्गत ५०% अनुदानमा मौरी(५० घार ) घार तथा गोला ,टोपी पन्जा सहितको कृषि सामग्रीहरुको वितरण गरियो |