समाचार
सूचना
मिति २०७४/१२/३० गते रिब्दीकोट -६ ,िठमुरेमा जेष्ठ नागरिक तथा एकल महिला सम्मान कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष श्री नारायण बहादुर जि.सी. को अध्यक्षता र ६ नं वडाअध्यक्ष श्री तुल बहादुर जि.सी. को ब्यबस्थापन तथा सहयोगमा ठिमुरे का २१ जना जेष्ठ नागरिक तथा एकल महिलालाई सम्मान बापत Blanket र फलफुल हस्तान्तरण गरियो |
मिति २०७४/१२/२७ गते रिब्दीकोट गाउँपालिका र ग्रामिण विकास प्रशिक्षण प्रतिष्ठान ,झापा को आयोजनामा गाउँपालिकाका जनप्रतिनिधिहरुका लागि योजना तर्जुमा सम्बन्धि ३ दिने प्रशिक्षण कार्यक्रम |
मिति २०७४/१२/२२ र २३ गते दोस्रो विधेयक केन्द्रित गाउँ सभामा रिब्दीकोट गाउँपालिकाको स्थानीय शिक्षा ,स्वास्थ्य र सहकारी विधेयक छलफलबाट पारित साथै नीति तथा कार्यक्रमको ,गाउँपालिकाको समग्र प्रगति विवरण, चुनौती आदिको समीक्षा गरियो|
मिति २०७४/१२/२५ गते रिब्दीकोट गाउँपालिकाले गरेको पत्रकार अन्तरक्रिया कार्यक्रमा गाउँपालिकाको समग्र प्रगति विवरण,हालसम्म गाउँपालिकाले गरेको भौतिक प्रगति ,गाउँपालिकाको नीति र योजन ,गाउँपालिकाले भर्खरै सम्पन्न गरेको दोस्रो गाउँ सभाबाट पारित रिब्दीकोट गाउँपालिकाको स्थानीय शिक्षा ,स्वास्थ्य र सहकारी विधेयक आदिको बारेमा पत्रकार लाई जानकारी दिइयो |
यस रिब्दीकोट गाउँपालिकामा भुकम्प पुनःनिर्माण अन्तर्गत जम्मा ६८८ लाभगा्रही मध्ये ४५ घरहरुको निर्माण कार्य भइरहेको र जसमध्ये ६०० जना लाभगा्रहीहरुले सम्झौता गरेर पहिलो किस्ता, २५ जनाले दोस्रो किस्ता र ८ जनाले तेस्रो प्राप्त गरिसकेका छन् । यस गाउँपालिका र यस गाउँपालिका अन्तर्गतका ८ वटा वडाहरुमा गुनासो व्यवस्थापन समिति गठन भइसकेको र प्रत्येक वडाहरुमा लाभगा्रहीसँग अन्तर्कि्रया कार्यक्रम सम्पन्न भइसकेको छ ।